दफा २०
आयोगको कोष
(१) आयोगको आफ्नो एउटा छुट्टै कोष हुनेछ र त्यस्तो कोषमा देहायका रकमहरु रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट ऋण वा सहयोग बापत प्राप्त रकम,
तर विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ वा संंस्थाबाट ऋण वा सहयोग लिनुअघि आयोगले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(ग) दफा १६ बमोजिम आयोगले लगाएको शुल्क बापत प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) आयोगको सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(३) उपदफा (१) बमोजिमको रकम नेपालको कुनै बैंक वा वित्तीय संस्थामा खाता खोली जम्मा गरिनेछ ।
(४) उपदफा (३) बमोजिमको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।